आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

उत्तराखण्डमा बेपत्ता नेपाली नागरिकको खोजीका लागि कूटनीतिक पहल गरिएको छ : प्रधानमन्त्री

शनिबार, २० साउन २०८०, १८ : ५३
शनिबार, २० साउन २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतको उत्तराखण्ड राज्यमा गएको  पहिरोमा परी बेपत्ता भएका नेपाली नागरिकको खोजीका लागि सरकारले कूटनीतिक पहल गरेको जानकारी दिएका छन् । 

प्रधानमन्त्री दाहालले यस घटनाको खबरले आफू मर्माहत भएको बताएका हुन् । उनले भनेका छन्, ‘गत बिहीबार राति भारतको उत्तराखण्ड राज्यको रूद्रप्रयागको गौरीकुण्डमा पहिरोमा परी १३ नेपाली नागरिकसहित १९ जना बेपत्ता भएको खबरले मर्माहत भएको छु । यस दुखद घडीमा मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । बेपत्ता नागरिकहरूको यथाशीघ्र खोजीका लागि कूटनीतिक पहल गरिएको जानकारी गराउँछु ।’

पहिरोमा परी बेपत्ता भएकामध्ये तीन नेपालीको पहिचान खुलेको छ । कालीकोटका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको पहिचान खुलेको हो । 

घट्नास्थल वरपर सयौँ नेपाली नागरिक घोडा चालकका रुपमा, स–साना होटल सञ्चालन तथा अन्य मजदुरी गरेर बस्दै आएका वरिष्ठ प्रहरी उपरीक्षक चर्तुवेदीले जानकारी दिए । बेपत्ताको खोजीका लागि भारतीय पक्षसित समन्वय भइरहेको उनले बताए । बेपत्ताको खोजी जारी छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप