आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

म्युजिक भिडियो कलाकार संघको अध्यक्षमा सम्झना

शनिबार, २० साउन २०८०, २१ : १८
शनिबार, २० साउन २०८०

काठमाडौँ। म्युजिक भिडियो कलाकार संघको अध्यक्षमा सम्झना बुढाथोकी चयन भएकी छन् । राजधानीमा आयोजित संघको छैठौं साधारणसभाले उनको नेतृत्वमा नयाँ कार्यसमिती चयन गरेको छ ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा महेन्द्र गौतम, उपाध्यक्षमा शिवन पोखरेल, महिला उपाध्यक्षमा मञ्जिता केसी, महासचिवमा सुनिल लामिछाने, सचिवमा बिमल अधिकारी, महिला सचिवमा सारिका केसी, कोषाध्यक्षमा देवेन्द्र क्षत्री चुनिएका छन् ।
यस्तै सदस्यमा काजिश श्रेष्ठ, बिक्रम चौहान, ओबी रायमाझी, प्रबिण थापा, चक्र बम, उषा सुवेदी र सञ्चिता शाही छानिए ।

संघको यसअघि अध्यक्षमा शंकर बिसी रहेका थिए । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापा मगर, वरिष्ठ कलाकार तथा निर्देशक रबिन्द्र खड्का, वरिष्ठ गायक सिताराम पोखरेल, कलाकार संका अध्यक्ष मोहन निरौला लगायतको उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप