सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

दक्षिण अफ्रिकालाई हराउँदै क्वार्टरफाइनलमा पुग्यो नेदरल्यान्ड्स

आइतबार, २१ साउन २०८०, १० : १८
आइतबार, २१ साउन २०८०

काठमाडौँ । नेदरल्यान्ड्स नवौँ महिला विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको  छ । नेदरल्यान्ड्सले आइतबार खेलिएको प्रिक्वार्टरफाइनल खेलमा दक्षिण अफ्रिकालाई २—० गोलले पराजित गर्‍यो । 

नेदरल्यान्ड्सले खेलको दुबै हाफमा एक—एक गोल गरेको थियो । खेल सुरु भएको नवौँ मिनेटमै डच टोलीका लागि जिल रुर्डले पहिलो गोल गरेकी थिइन् । खेलको ६८औँ मिनेटमा लिनेथ बिरेस्टिनले अर्को गोल थप्दै नेदरल्यान्ड्सलाई सजिलै अन्तिम आठमा पुर्‍याइन् । 

नेदरल्यान्ड्स महिला विश्वकपको साविक उपविजेता राष्ट्र हो । नेदरल्यान्ड्स सन् २०१९ मा भएको आठौँ महिला विश्वकपको फाइनलमा अमेरिकासँग २—० गोलले पराजित भएको थियो । महिला विश्वकपको नवौँ संस्करण अस्ट्रेलिया र न्युजिल्यान्डमा सञ्चालन भइरहेको छ । 

हालसम्म जारी महिला विश्वकपको क्वार्टरफाइनलमा पुग्ने तीनवटा टोलीको टुङ्गो लागिसकेको छ । नेदरल्यान्ड्सका अतिरिक्त स्पेन र जापान पनि अन्तिम आठमा पुगिसकेका छन् । प्रिक्वार्टरफाइनलमा स्पेनले स्विट्जरल्यान्डलाई २—० र जापानले नर्वेलाई ३—१ गोलले हराएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप