मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

आइतबार, २१ साउन २०८०, १० : ५६
आइतबार, २१ साउन २०८०

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनको मूल्य बढेको जानकारी दिएको छ । महासंघले आज आइतबार तोलामा सुनको मूल्य ३०० रुपैयाँले बढेर कारोबारमा आएको जनाएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ कायम छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर कायम छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १४ सय २५ रुपैयाँ कायम छ । जुन, गत साताको शुक्रबार पनि यही मूल्यमा कारोबार भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप