आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फुटबल मोहले पक्राउ परे ११ वर्षदेखि फरार खुँखार अपराधी

आइतबार, २१ साउन २०८०, १२ : ४४
आइतबार, २१ साउन २०८०

ग्रीस । ११ वर्षदेखि फरार इटालीका एक खतरनाक अपराधी कोर्फूबाट पक्राउ परेका छन् । आफ्नो टिमको जीतको खुसीयाली मनाइरहेको उनको तस्बिर सार्वजनिक भएपछि प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको हो । ६० वर्षीय भिन्सेन्जो ला पोर्टा नापेल्सको कामोरा आपराधिक समूहसँग नजिक रहेका थिए ।

उनी ११ वर्षदेखि प्रहरीबाट भाग्दै आएका थिए । तर, यो वर्षको सुरुवातमा फ्यानहरूले खुसीयाली मनाइरहेको फोटोमा उनी देखिएका थिए । 

नापेल्स काराबिनेरी प्रहरीले भन्यो, ‘उनलाई फुटबल र नापोलीको मोहले धोका दियो ।’ प्रहरीका अनुसार तीन दशकपछि नापोलीले पहिलोपटक इटालियन लिगको उपाधि जितेपछि उक्त तस्बिर खिचिएको थियो । ‘लिग जितेपछि ला पोर्टाले खुसीयाली मनाउनबाट आफूलाई रोक्न सकेनन्,’ प्रहरीको भनाई छ । ला पोर्टालाई इटालीमा आपराधिक संलग्नता, कर छली र ठगीमा दोषी पाइएको थियो । 

शुक्रबार ग्रीक टापुमा मोपेडमा यात्रा गरिरहेका बेला प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको थियो । हाल हिरासतमा रहेका उनलाई इटाली पठाउने तयारी गरिएको छ । इटालीमा पुगेपछि उनले १४ वर्ष ४ महिनाको जेल सजाय काट्न बाँकी रहेको छ । -बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप