सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एसेस क्रिकेटमा बल परिवर्तनको बखेडा : उत्पादक कम्पनीद्वारा छानबिनको प्रतिबद्धता

आइतबार, २१ साउन २०८०, १३ : १२
आइतबार, २१ साउन २०८०

काठमाडौँ । ड्यूक्स बल निर्माता कम्पनीका मालिकले पराम्परागत एसेस टेस्ट क्रिकेट शृंखलाका क्रममा भएको विवादास्पद बल परिवर्तन घटनाको विषयलाई लिएर आवश्यक छानबिन गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । उक्त घटनामा आफ्नो नामसमेत मुछिएपछि उनले निष्पक्ष छानबिनको प्रतिबद्धता जनाएका हुन् ।

 हालै इङ्ल्यान्डको ओभलमा सम्पन्न पाँचौं एसेट टेस्ट क्रिकेटमा अस्ट्रेलियाको दोस्रो पालीमा गरिएको बल परिवर्तनको विषयलाई लिएर विवाद भएको थियो । नाटकीय रुपमा सकिएको पाँचौं टेस्टमा घरेलु टोली इङ्ल्यान्ड ४९ रनले विजयी भएको थियो । पाँचौं टेस्टमा इङ्ल्यान्ड विजयी भएपछि एसेस शृंखला पनि २-२ को बराबरीमा सकिएको थियो । 

त्यतिबेला परिवर्तन गरिएको बल पाँच वर्ष पुरानो भएको विषय चर्चामा आएपछि विवाद सुरु भएको थियो । तीन सय ८४ रनको विजयलक्ष्य पछ्याउँदै भ्रमणकारी टोली अस्ट्रेलिया दोस्रो पाली ब्याटिङ गर्न ओर्लिएको थियो । 

सोही क्रममा ३७ औं ओभरमा नयाँ बल परिवर्तन गरिएको थियो । इङ्ल्यान्डका तिब्रगतिका बलर मार्क उडले फालेको बाउन्सल अस्ट्रेलियाका ओपनर ब्याट्सम्यान उस्मान ख्वाजाको हेलमेटमा जोडले ठोक्किएपछि बल परिवर्तन गरिएको थियो ।  खेल सकिएपछि ख्वाजाले परिवर्तन गरिएको बलको विषयमा आफूले तत्कालै अम्पायरकुमार धर्मसेनासँग जिज्ञाँसा राखेको प्रतिक्रिया दिएका थिए । अघिल्लो बलभन्दा फरक देखिएपछि आफूले त्यस विषयमा अम्पायरसँग जिज्ञाँसा राखेको ख्वाजाले बताएका थिए । 

त्यसपछि अस्ट्रेलियाका पूर्वकप्तान रिकी पोन्टिङले पनि बल परिवर्तन गर्दा गल्ती भएको दाबी गर्दै त्यसको छानबिन गर्न आवश्यक रहेको बताएका थिए । अर्कोतिर इङ्ल्यान्डका ज्याक क्रावलीले भने बल परिवर्तन आफ्नो टोलीका गतिलो अवसर भएको प्रतिक्रिया दिएका थिए ।  खेलका क्रममा प्रयोग गरिएको ड्यूक्स बलको निर्माण ब्रिटिस क्रिकेट लिमिटेडले गर्छ । उक्त कम्पनीका मालिक हुन्, दिलिप जजोडिया । बल परिवर्तन सम्बन्धि विवाद बढ्दै गएपछि जजोडियाले यस विषयमा आवश्यक छानबिन गर्ने प्रतिबद्धता जनाएका हुन् । 

‘यस विषयमा म आफूमाथि नै छानबिन गर्न प्रतिबद्ध छु । किनभने बल परिवर्तको विवादले मलाई पनि प्रभाव पारेको छ,’ उनले भनेका छन् । पाँचौं टेस्ट सकिएपछि बल परिवर्तनको विषय गम्भीर रुपमा अगाडि आएको थियो । उक्त बल सन् २०१८१९ मा निर्माण गरिएको आशंका गरिएको छ । 

‘त्यहाँ फरक मितिमा तयार पारिएको बल राख्ने जोखिम कसैले उठायो होला भनेर म कल्पनासम्म पनि गर्न सक्दिन,’ जजोडियाले भनेका छन्, ‘प्रत्येक सिजन र खेलका लागि फरक बल उत्पादन गरिन्छ । त्यसमा उत्पादन मिति स्पष्ट रुपमा उल्लेख गरिएको हुन्छ । यस्तो त्रुटी हुनै सक्दैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप