आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
माओवादी पदाधिकारी बैठक

माओवादी पदाधिकारीको जिम्मेवारी तोकियो, कसलाई कुन जिम्मेवारी ?

आइतबार, २१ साउन २०८०, १३ : १६
आइतबार, २१ साउन २०८०

काठामाडौँ । नेकपा माओवादी केन्द्रले नेताहरुको जिम्मेवारी तोकेको छ । आइतबार बिहान बसेको पदाधिकारी बैठकले जनतासँग माओवादी विशेष रुपान्तरण अभियानका लागि नेताहरूको जिम्मेवारी तोकेको हो । कार्यविभाजनसम्बन्धी प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले केन्द्रीय समिति बैठकमा पेस गर्दैछन् । 

एक जना पदाधिकारीले दिएको जानकारी अनुसार अध्यक्ष प्रचण्डलाई समग्र पार्टीको जिम्मेवारी दिएको छ । उपाध्यक्ष कृष्णबहादुर महरालाई पार्टी एकता र समाजवादी मोर्चाको जिम्मा दिइएको छ ।

अर्का उपाध्यक्ष अग्निप्रसाद सापकोटालाई प्रचार प्रसारको जिम्मेवारी दिएको छ । यसैगरी पम्फा भुसाललाई जनसंगठन हेर्ने जिम्मा दिइएको छ । 

यसैगरी कोशी प्रदेशमा चक्रपाणि खनाल, मधेसमा लिलामणि पोखरेल, बागमतीमा जनार्दन शर्मा, गण्डकीमा देवेन्द्र पौडेल, लुम्बिनीमा हितमान शाक्य, कर्णालीमा मातृका यादव र सुदूरपश्चिम प्रदेशमा डिलाराम आचार्य इन्चार्ज तोकिएका छन् ।

यसैगरी उपत्यका विशेषमा वर्षमान पुन  र सम्पर्क विशेषमा गिरिराजमणि पोखरेललाई इन्चार्ज तोकिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप