आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’

प्रचण्ड पनि सात प्रदेशका ७ वडामा जाने

आइतबार, २१ साउन २०८०, १६ : ०३
आइतबार, २१ साउन २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रले तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ । अध्यक्ष प्रचण्डले आइतबार केन्द्रीय समिति बैठकको समापन गर्दै अभियानका लागि आफूसहितका नेताहरुको जिम्मेवारी तोकिएको र सोहीअनुसार देशभरका वडातहसम्म परिचालित हुने बताए ।

उनले आफू पनि अभियानअन्तरगत सात प्रदेशका ७ वडामा जाने बताए । अभियानबाट एउटा पनि जनताको घर नछाड्ने र पार्टीलाई गति दिने प्रचण्डले बताए । 

उनले बैठकसँगै पार्टी एकताबद्ध भएको सन्देश गएको र माओवादीलेे फेरि देशको नेतृत्व लिने उद्घोष गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप