आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कवि ठाकुरप्रसाद खतिवडाको ‘तमोर सुसाउँदा’ कविता संग्रह लोकार्पण

आइतबार, २१ साउन २०८०, २१ : १४
आइतबार, २१ साउन २०८०

काठमाडौँ । कवि ठाकुरप्रसाद खतिवडाको  ‘तमोर सुसाउँदा’ कविता संग्रह लोकार्पण गरिएको छ ।  

शनिबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी उक्त कविता संग्रहको लोकार्पण गरिएको हो । 

संग्रहमा कवि खतिवडाले  बाल्यकालदेखिको स्मृति, देशको वास्तविक अवस्था, राजनीतिक परिवर्तन लगायतका समसामयिक विषय समेटेका छन् ।  

कार्यक्रममा बोल्दै साहित्यकार ठाकुर शर्मा भण्डारीले सरल भाषामा लिपिबद्ध कविता संग्रहमा नेपाली समाज र समाजभित्रका अनेकन आयामलाई लेखकले समावेश गरिएकाले पुस्तक ‘तमोर सुसाउँदा’ पाठकका लागि उत्कृष्ट हुने बताए । उनले कविता संग्रहमा पारिवारिक विषयलाई प्राथमिकता दिएकाले पाठकको मन जित्ने बताए ।  

कक्षा ५ सम्मको औपचारिक अध्ययन गरेका लेखक खतिवडाले पुस्तकमा आफूलाई डिग्री हासिल गरे बराबर प्रस्तुत गर्न सकेको प्रतिक्रिया पाएको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप