आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ग्लोबल टी२० फाइनल : सन्दीपको सर्रेमाथि दीपेन्द्रको मोन्ट्रेयाल हाबी

सोमबार, २२ साउन २०८०, ०६ : ४६
सोमबार, २२ साउन २०८०

ब्राम्पटन । सन्दीप लामिछानेको टोली सर्रे ज्यागुअर्सलाई हराउँदै दीपेन्द्र सिंह ऐरीको टोली मोन्ट्रेयाल टाइगर्सले ग्लोबल टी२० क्यानडाको उपाधि जितेको छ । आइतबार भएको खेलमा मोन्ट्रेयाल ५ विकेटले विजयी बनेको हो ।

जीतका लागि १३१ रन पाएको मोन्ट्रेयालले अन्तिम बलमा उक्त लक्ष्य पछ्याएको थियो । २९ बलमा ३८ रन बनाउँदै शेरफेन रदरफोर्ड जीतको नायक बने । त्यस्तै, कप्तान क्रिस लिनले ३१, आन्द्रे रसलले २० तथा रिटायर्ड आउट हुनअघि ऐरीले १६ रनको योगदान दिए ।

ज्यागुअर्सका लागि सन्दीप भने विकेटविहीन बने । उनले ३ ओभर बलिङ गर्दै २० रन खर्चिए । इफ्तिकार अहदमले टोलीका लागि २ विकेट लिए ।

यसअघि, जतिन्दर सिंहले सर्वाधिक ५६ रन बनाएपछि पहिले ब्याटिङ गरेको ज्यागुअर्सले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १३० रन बनाएको थियो । उनलाई आयान खानले २६ तथा मोहमद ह्यारिसले २३ रन बनाउँदै राम्रो साथ दिएका थिए । मोन्ट्रेयालका लागि आयान अफजल खानले २ विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप