आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एकसाथ दुई पुस्तक लोकार्पण

सोमबार, २२ साउन २०८०, ११ : २२
सोमबार, २२ साउन २०८०

काठमाडौँ । विज्ञान भैरव र रघुकुल तिलक श्रीरामको वैराग्य नामक दुई कृति एकैसाथ लोकार्पण गरिएको छ ।  कमलप्रसाद ढुङ्गानाद्वारा लिखित यी दुवै पुस्तकलाई रत्न पुस्तक भण्डारले प्रकाशित गरेको हो । 
तन्त्रशास्त्र खासगरी आगम तन्त्र अन्तरगत पर्ने विज्ञान भैरव तन्त्रमा ११२ वटा ध्यानका विधि उल्लेख छन् । महादेवले पार्वतीलाई जुन ध्यानका विधि बताएका थिए, त्यही नै विज्ञान भैरव तन्त्र हो । यस पुस्तकमा लेखकले तिनै ११२ वटा ध्यानका विधिलाई सरल ढङ्गले नेपाली भाषामा व्याख्या गरेका छन् । 

लेखक ढुङ्गानाका अनुसार यी ध्यान भनेका त्यस्ता ध्यान हुन्, जुन विगत, वर्तमान र आगत तिनै पुस्ताका मानव समुदायलाई उपयोगी मानिएका छन् । व्याख्याका साथमा मूल ग्रन्थको श्लोकसमेत दिइएकाले पुस्तक थप पठनीय र विश्वसनीय हुन पुगेको छ । 

त्यस्तै रघुकुल तिलक श्रीरामको वैराज्ञ नामक पुस्तकमा श्रीरामको ब्रह्मचिन्तन र वैराज्ञ सम्बन्धी विषयवस्तु वर्णन भएका छन् । महर्षि वाल्मीकिले ऋषि भरद्वाजलाई बताएका श्रीरामका ब्रह्मतत्व सम्बन्धी जिज्ञासालाई नेपाली भाषामा सरल ढङ्गले विवेचन भएका छन् । 

रत्न पुस्तक भण्डारका प्रबन्ध निर्देशक गोविन्द श्रेष्ठका अनुसार समाजलाई आध्यात्मिक ज्ञान सदैव आवश्यक पर्ने भएकाले  यस्ता पुस्तकहरू पनि प्रकाशनमा ध्यान दिने गरिएको छ।     
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप