सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ब्रायन लाराको ठाउँमा भेट्टोरी बने सनराइजर्स हैदराबादको प्रमुख प्रशिक्षक

सोमबार, २२ साउन २०८०, १६ : ४५
सोमबार, २२ साउन २०८०

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्लब सनराइजर्स हैदराबादले आफ्नो प्रमुख प्रशिक्षक परिवर्तन गरेको छ । सनराइजर्स हैदराबादले न्युजिल्यान्डका ड्यानियल भेट्टोरीलाई आफ्नो प्रमुख प्रशिक्षक बनाएको हो । 

यसअघि वेस्ट इन्डिजका चर्चित क्रिकेटर ब्रायन लारा सनराइजर्स हैदराबादको प्रमुख प्रशिक्षक थिए । ४४ वर्षीय भेट्टोरीले लाराको ठाउँ लिएका हुन् । भेट्टोरी यसअघि रोयल च्यालेन्जर्स बेंगलौरमा पनि प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । 

भेट्टोरीले सन् २०१४ र सन् २०१८ मा रोयल च्यालेन्जर्स बेंगलौरमा प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । उनले विगतमा बंगलादेशको राष्ट्रिय टोलीमा स्पिन बलिङ प्रशिक्षकको भूमिका पनि निर्वाह गरिसकेका छन् ।

यसैगरी सन् २०२१ मा उनी क्यारेबियन प्रिमियर लिग क्लब बार्बाडस रोयल्सको प्रमुख प्रशिक्षक बनेका थिए । उनले अस्ट्रेलियाको राष्ट्रिय टोलीलाई पनि स्पिन बलिङको प्रशिक्षक दिएका छन् । भेट्टोरी सनराइजर्स हैदराबादका चौथो प्रशिक्षक हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप