सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग रेस्क्यु टनेलको ब्रेक थ्रू (तस्बिरहरु)
नागढुंगा–सिस्नेखोला सुरुङ

नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग रेस्क्यु टनेलको ब्रेक थ्रू (तस्बिरहरु)

सोमबार, २२ साउन २०८०

काठमाडौँ । बहु प्रतीक्षित नागढुंगा–नौबिसे सुरुङ मार्गको एउटा टनेलको सोमबार ‘ब्रेक थ्रू’ गरिएको छ । निर्माण सुरु भएको झन्डै चार वर्ष पछि ‘रेस्क्यु टनेल’ को आज ‘ब्रेक थ्रू’ गरिएको हो । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, नेपालका लागि जापानी राजदूत, जापानी दातृ निकाय जाईकाका प्रमुख लगायतले संयुक्त रुपमा टनेलको ब्रेक थ्रु गरेका हुन्। टनेलको ब्रेक थ्रू गर्नुअघि नेपाली र जापानी पुजा विधिद्वारा पुजाअर्चना  गरिएको थियो ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले जापान सरकार र राजदूत किकुतालाई विशेष धन्यवाद दिए । उनले रेस्क्यु टनेल ब्रेक थ्रू हुनु ठूलो प्रगति भएको बताउँदै मुख्य टनेल एक वर्षभित्रै ब्रेक थ्रू हुने बताए। उनले एक वर्षभित्र टनेल भित्र गाडी नै चल्ने गरि काम भैरहेको समेत बताए ।

त्यस्तै जापानी राजदूत किकुता युतकाले जापानले  १९४२  अगस्ट ७ मा हिरोसिमामा बम खसालेको प्रसंग झिक्दै यहि  मितिको भोलिपल्ट नेपालमा बिस्फोटक पदार्थको सहयोगमा सुरुङ मार्गको ब्रेक थ्रू गरिएको बताए।

उनले नेपालका लागि यो सहयोगले आपसी सम्बन्ध झन् प्रगाढ हुने बताए। उनले यो सुरुङ मार्गमार्फत नेपालले सवारी आवागमनमा भोग्दै आएको समस्या केहि हदसम्म समाधान हुने बताए। 

२.५ किलोमिटर रहेको नागढुंगा–नौबिसे सुरुङ मार्गको रेस्क्यू टनेलको ‘ब्रेक थ्रू’ गरिएसँगै मुख्य टनेलको पनि चाँडै ब्रेक थ्रू गर्ने तयारी छ ।  मुख्य टनेलको सुरुङको काम अब १८ प्रतिशत मात्र बाँकी रहेको बताइएको छ ।

२.६ किलोमिटर लम्बाइ रहेको मुख्य टनेलको ५ सय ६ मिटर मात्र अब खन्न बाँकी रहेको आयोजनाले जनाएको छ । सो आयोजनाकाे  शिलान्यास २०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया