आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जुवा खेलेको आरोपमा ललितपुरबाट ७ जना पक्राउ

सोमबार, २२ साउन २०८०, १९ : ५०
सोमबार, २२ साउन २०८०

काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिका–१३ स्थित झरुवारासीबाट प्रहरीले ७ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । 

प्रहरी वृत्त चापागाउँबाट खटिएको टोलीले जुवा खालबाट ७१ हजार नगद बरामद गरेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

पक्राउ पर्नेमा ललितपुर घर भएका मोहन थापा, गणेश बजगाईँ, राम कुमार घिमिरे, विष्णु प्रसाद घिमिरे, सन्तोष दाहाल र सन्चलाल पाख्रिन छन् । 

आरोपीतहरुलाई विष्णुप्रसाद घिमिरेले भाडामा लिएर कुखुरा पालन गर्न बनाएको टहरामा जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । उनीहरुविरुद्ध अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप