सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
बागमतीमा भीषण बाढी, किनारका बस्तीमा बेहाल (फोटोफिचर)
बाढीको वितण्डा

बागमतीमा भीषण बाढी, किनारका बस्तीमा बेहाल (फोटोफिचर)

मङ्गलबार, २३ साउन २०८०

काठमाडौँ । गएरातिदेखि परेको अविरल वर्षापछि बागमती नदीमा भीषण बाढी आएको छ । बाढीका कारण करिडोर सडक प्रभावित हुनुका साथै बस्ती वरीपरिका वस्तीहरु नराम्ररी प्रभावित भएका छन् । 

राजधानीको गौरीगाट, युएन पार्क, थापाथलीलगायतका स्थानमा कतिपय घरहरुमा समेत बाढी पसेका छन् । यस्तै सुकुम्बासी बस्तीहरुमा पनि बाढीले बेहाल भएको छ । 
बाढीका कारण करिडोर सडकहरुमा सवारीआवागमन अवरुद्ध बनेको छ भने नदी किनारमा बनाइएका पार्कहरु पनि बगाएको छ । 

बाढी पूर्वानुमान महाशाखाका अनुसार खोकना, ललितपुर बाढीमापन केन्द्रमा जल सतहले खतरा तह पार गरेको छ । बाढी भीषण रहेकाले बागमतीको नदी तटीय क्षेत्रमा रहनेले आज दिउँसो सम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया