सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपालले म्यानमारसँग मैत्रीपूर्ण फुटबल खेल्ने पक्का

मङ्गलबार, २३ साउन २०८०, ११ : ४२
मङ्गलबार, २३ साउन २०८०

काठमाडौँ । नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीलेनेपाली पुरुष राष्ट्रिय फुटबल टोली म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको छ । उक्त खेल म्यानमारमा खेलिने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको हो । 

नेपाल र म्यानमारबीचको पहिलो मैत्रीपूर्ण खेल आगामी सेप्टेम्बर ८ तारिखमा याङ्गुनमा खेलिने छ । दोस्रो मैत्रीपूर्ण खेल सेप्टेम्बर ११ तारिखमा फल्समा खेलिने छ । नेपालले निकट भविष्यमा सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप फुटबलको प्रारम्भिक चरणको छनोट प्रतियोगिता खेल्दैछ ।

सोही विश्वकप छनोट प्रतियोगितालाई ध्यानमा राखी म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागिएको एन्फाले जनाएको छ । विश्वकप छनोटको पहिलो चरणमा नेपालले आगामी अक्टोबर १२ र १७ तारिखमा लाओससँग भिडन्त गर्नेछ । 

लाओसविरुद्घको पहिलो खेल नेपालमा र दोस्रो खेल लाओसको घरेलु मैदानमा खेलिने छ । उक्त खेलमा विजयी भए नेपालले विश्वकप छनोटको दोस्रो चरण खेल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप