आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काँडाघारीमा पर्खाल भत्किँदा १ जना घाइते

मङ्गलबार, २३ साउन २०८०, १२ : ३०
मङ्गलबार, २३ साउन २०८०

काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–७ काँडाघारीमा पर्खाल भत्किएर एक जना किशोरी घाइते भएकी छन् । नीरज पोखरेलको घरकाे कम्पाउण्ड पर्खाल भत्किँदा सँगै टहरोमा सुतेकी १७ वर्षीय शर्मिला तामाङ घाइते भएकी हुन् ।

उनलाई उपचारका लागि मिनभवन स्थित सिभिल अस्पतालमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले रातोपाटीलाई बताए । घर कम्पाउन्डको पर्खाल भत्किँदा सो स्थानमा जग्गा भाडामा लिएर ओखलढुङ्गाका राज कुमार बुढाथोकीले बनाएको टहरो भत्किएको हो । शर्मिला टहरोमा सुतिरहेकी थिइन् ।

 उदयपुर घर भएकी १७ वर्षीय शर्मिला तामाङको टाउकोमा चोट लागेको छ । उनी राज कुमार बुढाथोकीको भान्जी हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप