आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बिपाशा बसुकी छोरीको मुटुमा प्वाल : कसरी हुन्छ यस्तो ? गर्भावस्थामा थाहा पाउने तरिका के ?

मङ्गलबार, २३ साउन २०८०, १३ : ४४
मङ्गलबार, २३ साउन २०८०

बिपाशा बसुकी छोरीको मुटुमा जन्मिँदै दुई वटा प्वाल थिए । तीन महिनाको हुँदा बिपाशाकी छोरी देवीको ओपन हार्ट सर्जरी गरिएको उनी आफैँले बताइन् । विश्व स्वास्थ्य सङ्गठनको रिपोर्ट अनुसार विश्व भरी करिब २५ प्रतिशत बालबालिका मुटुमा प्वाल र यस्तै अन्य ‘हार्ट डिफेक्ट्स’ सहित जन्म लिन्छन् र कतिपय अवस्थामा यसबारे थाहा नै हुँदैन ।

कति वर्षसम्म बाँच्छन् बच्चा ?

समय हुँदा नै थाहा भयो भने ९९ प्रतिशत मामिलामा उपचारपछि बच्चा निको हुन्छन् । प्वाल धेरै ठुलो छैन भने ९५ प्रतिशत बालबालिका १८ वर्षको उमेरसम्म मात्रै बाँच्न सक्छन् । तर मुटुको प्वाल ठुलो छ भने ७५ प्रतिशत बालबालिका मुस्किलले एक वर्ष बाँच्न सक्छन् ।

किन पर्छ मुटुमा प्वाल ?

मुटुमा प्वाल पर्नुका तीन कारण छन् – आनुवंशिक, सङ्क्रमण र खराब जीवनशैली ।

आमाबुवाको मुटुमा समस्या छ भने पनि बच्चामा मुटुको खतरा हुनसक्छ । 

डिएनएमा म्युटेसन, डाउन सिन्ड्रोमका कारण नवजातको मुटुमा प्वाल पर्न सक्छ ।

गर्भवतीलाई रुबेलाको सङ्क्रमण हुँदा पनि बच्चामा ‘हार्ट डिफेक्ट्स’ को खतरा बढ्छ । 

केही रोगको उपचारमा दिइने औषधीले पनि यस्तो समस्या निम्तिन सक्छ ।

गर्भावस्थामा नशालु पदार्थको सेवनले पनि ‘हार्ट डिफेक्ट्स’ को आशङ्का बढी हुन्छ । 

मुटुको समस्याबारे पत्ता लगाउनका लागि विभिन्न प्रकारका परीक्षण उपलब्ध छन् जसको मद्दतले बच्चाको ज्यान बचाउन सकिन्छ । 

मुटुमा प्वाल परेको आशङ्कामा हुन्छन् यस्ता परीक्षण

– छातीको इकोकोर्डियोग्राम

– मुटुको सिटी स्क्यान

– कार्डियाक एमआरआई

– छातीको एक्स–रे

– ट्रान्सएसोफेगल इकोकार्डियोग्राम

– जन्मिएपछि मुटुको नियमित स्क्रिनिङ

मुटुमा प्वाल पर्दा कस्ता समस्या देखिन्छन् ?

जन्मजात नै मुटुमा प्वाल भएका बच्चाको मुटु कहिले असाध्यै छिटो त कहिले ढिलो चल्छ । प्वालका कारण रक्त आपूर्तिको अधिक आवश्यकता हुने भएकोले रक्तचाप बढ्छ । यसलाई ‘पल्मनरी हाइपरटेन्सन’ भनिन्छ । 

बच्चाको मुटुमा प्वाल छ भने रक्त जम्ने भएकोले स्ट्रोकको जोखिम बढ्छ । रगतको सञ्चारमा परिवर्तन हुँदा मुटुमा बढी दबाब पर्छ जसका कारण हार्ट फेल हुनसक्छ । मुटु र फोक्सोमा रक्तसञ्चार राम्रोसँग नहुँदा बिरामीको अचानक मृत्यु हुनसक्छ । 

गर्भावस्थामा पत्ता लाग्न सक्छ:

– इकोकोर्डियोग्राम परीक्षणले भ्रूणको मुटुलाई हेरेर डाक्टरले समस्याबारे पत्ता लगाउन सक्छन् । 

– बच्चाको मुटुमा गडबडीबारे पत्ता ‘फेटल इकोकार्डियोग्राम’ बाट लाग्छ । 

– यो परीक्षणमार्फत डाक्टरले आमाको गर्भमा हुर्किरहेको भ्रूणको मुटुलाई हेर्न सक्छन् । 

इकोकार्डियोग्राम कहिले गरिन्छ ?

– गर्भवती महिलाको परिवारभित्र मुटु सम्बन्धी समस्या छ भने 

– मुटुमा समस्याका कारण भ्रूणको ज्यानलाई खतरा हुँदा

– गर्भावस्थामा मुटुको समस्या बढाउने औषधीको सेवन गर्दा 

– नियमित परीक्षणका बेला डाक्टरले कुनै प्रकारको समस्या देख्दा 

मुटुमा प्वाल पर्दा डाक्टरले उपचार गर्नुभन्दा अघि यी चार चिज हेर्छन् – प्वाल कति ठुलो छ, मुटुको कुन भागमा छ, बिरामीको उमेर र लक्षण के कस्ता छन् । 

आफैँ पुरिन सक्छ मुटुको प्वाल

– नवजात शिशुको ५ मिमीभन्दा सानो प्वाल एक वर्षमा आफैँ भरिन्छ ।

– रोगको कुनै पनि लक्षण देखिएको छैन भने उपचारको आवश्यकता पर्दैन

– नवजातको मुटुमा ठुलो प्वाल हुँदा डाक्टरले अस्थायी प्याच लगाउँछन्

– त्यसपछि बच्चाको ३ देखि १८ वर्षको उमेरमा ‘इन्भेसिव हार्ट सर्जरी’ हुन्छ ।

– तर नवजातको स्थिति गम्भीर छ भने डाक्टरले तुरुन्त उसको शल्यक्रिया गर्छन् 

– ठुलो प्वाल बन्द गर्नका लागि डाक्टरले कति पटक ‘इलेक्ट्रिक मेस’ इम्प्लान्ट गर्छन् । 

दैनिक भास्कर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप