आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रोल्पामा यात्रुवाहक बस दुर्घटना

मङ्गलबार, २३ साउन २०८०, १४ : २०
मङ्गलबार, २३ साउन २०८०

काठमाडौँ । रोल्पाको त्रिवेणी गाउँपालिका–७ स्थित रिचिमा बस दुर्घटना भएको छ । बाघमाराबाट दाङको घोराहीतर्फ जाँदै गरेको ना.५ख २६१२ नम्बरको बस दुर्घटना भएको रोल्पाका डिएसपी श्याम सारू मगरले रातोपाटीलाई बताए । 

दुर्घटनामा परेर ६ जना घाइते भएका छन्, उनीहरूको अवस्थामा गम्भीर छ । घाइतेहरूलाई उद्धार गरेर अस्पताल पठाउने प्रयास भइरहेको डिएसपी मगरले जानकारी दिए । बसमा १५ जना सवार थिए । तिला नजिकै भएको सो दुर्घटनामा बस सडकबाट करिब १ सय मिटर तल खसेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप