मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पहिरो पन्छाएर कान्ति लोकपथको अवरोध हट्यो

मङ्गलबार, २३ साउन २०८०, १४ : ५४
मङ्गलबार, २३ साउन २०८०

मकवानपुर । हेटौंडा-काठमाडौं जोड्ने कान्ति लोकपथ संचालनमा आएको छ । पहिरोका कारण अवरुद्ध सो सडक पहिरो पन्छाएर संचालनमा ल्याइएको हो । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार रातिको अविरल वर्षासँगै खसेको पहिरोका कारण सो सडक खण्ड अवरुद्ध भएको थियो ।

वर्षाका कारण कान्ति लोकपथ अन्तर्गत बकैया-११ लाम्राङमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले बताए । उनका अनुसार सडक डिभिजन कार्यालय हेटौंडाको २ वटा डोजर प्रयोग गरेर पहिरो पन्छाएको हो । 

पहिरो कारण रोकिएका सवारीहरु सडक संचालनमा आएसँगै गन्तव्यतर्फ प्रस्थान गरेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप