आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कञ्चनपुरमा एक सयभन्दा बढी घरमा पानी पस्यो

मङ्गलबार, २३ साउन २०८०, १४ : ५९
मङ्गलबार, २३ साउन २०८०

कञ्चनपुर । अविरल वर्षा भएपछि कञ्चनपुरमा एक सय १० घरमा पानी पसेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्दा कञ्चनपुरको पुनर्वास र कृष्णपुर नगरपालिकामा केही घरमा पानी पसेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले दोदा नदीको सतह बढ्दा पुनर्वास नगरपालिका–५ सिम्रीस्थित राना बस्तीका ६० घरमा पानी पसेको बताए । उनका अनुसार वर्षाकै कारण कृष्णपुर नगरपालिका-७ शान्तिपुर टोलमा मोहना नदीको पानी पस्दा ५० घरमा पसेको बताए । कञ्चनपुरको चुरे क्षेत्रमा सोमबारदेखि भएको वर्षाका कारण यहाँका खोलानाला र नदीमा जलस्तर बढेको हो ।

“घरभित्र पानी पसेपनि डुबान नै भएर विस्थापित हुनुपर्ने स्थिति छैन”, प्रवक्ता डाँगीले भने, “पानी पसेको क्षेत्रमा सुरक्षाकर्मीको टोली पनि खटिएका छन् ।” सुरक्षा निकायले यहाँको शुक्लाफाँटा नगरपालिका–७ कालापानीस्थित स्याली नदीमा फसेका दुई र कृष्णपुर नगरपालिका-१ स्थित ओदाली खोलामा फसेका दई जना गरी चार जनाको उद्धार गरेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप