आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जुम्लाका सात घरमा आगजनी गर्ने एक जना पक्राउ

मङ्गलबार, २३ साउन २०८०, १८ : २०
मङ्गलबार, २३ साउन २०८०

सुर्खेत । यही साउन ५ गते जुम्लाका ७ वटा घरमा आगजनी गर्ने व्यक्ति पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा गुठीचौर गाउँपालिका-४ घर भई हाल चन्दननाथ नगरपालिका-१ मा बस्दै आएका ३० वर्षीय रत्न अधिकारी रहेको जुम्ला प्रहरीले जनाएको छ ।

उनले गुठीचौर गाउँपालिकाका ६ र चन्दनाथको एउटा घरमा आगो लगाएका थिए ।  यस्तै उनले रारा तेन्जिन कन्ट्रक्सनको लु५त १२४४ नम्बरको ट्याक्टरमा समेत आगजनी गरेका थिए ।

उनले आफू गरिबी भएकाले कसैले पनि ऋण र उधारो दिन नपत्याएको बताए । 

प्रहरीको बयानमा उनले आफूलाई ऋण र उधारो माग्दा कसैले नपत्याएकाले घरमा आगजनी गर्नुपरेको बताएको जुम्लाका डीएसपी प्रल्हाद कार्कीकाले जानकारी दिए ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप