सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
खेलकुद

एएफसी कप छनोट : भुटानी क्लबलाई मछिन्द्रले हरायो

मङ्गलबार, २३ साउन २०८०, १९ : ५१
मङ्गलबार, २३ साउन २०८०

काठमाडौँ । एएफसी कप छनोटको प्रारम्भिक चरणमा नेपाली क्लब मछिन्द्रले भुटानी क्लब पारो एफसीलाई पराजित गरेको छ । पारो एफसीलाई ३–२ गोलले हराउँदै मच्छिन्द्र क्लब एएफसी कप छनोटको दोस्रो चरणमा पुगेको हो । 

मंगलबार दशरथ रंगशालामा भएको खेलमा भुटानले सुरुवाती अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन । मच्छिन्द्रको जितमा विमल घर्तीमगर, आयुष घलान र अफिज ओलाडिपोले एक– एक गोल गरे ।

खेलको ७ औं मिनेटमा पारोका काजुओ होम्माले गोल गर्दै अग्रता लिएका थिए । तर त्यसको ५ मिनेटपछि नै विमलले बराबरी गोल फर्काए ।

यस्तै त्यसपछि १५ ‍औं मिनेटमा घलानले र ३९ मिनेटमा ओलावाले आफिजले गोल गरे । ७१औँ मिनेटमा पारोका लागि इभान अशान्तेले एक गोल गरेपनि त्यो जितका लागि पर्याप्त हुन सकेन ।  

विजेता मछिन्द्रले आगामी अगष्ट १६ मा भारतीय क्लब मोहन बगानसँग प्रतिस्पर्धा गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप