आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

धादिङमा माइक्रोबस दुर्घटना, १२ जना घाइते

मङ्गलबार, २३ साउन २०८०, २१ : ५७
मङ्गलबार, २३ साउन २०८०

मलेखु । पोखराबाट काठमाडौँ आउँदै गरेको माइक्रोबस (हायस) धादिङको गजुरी गाउँपालिका–६ बाङ्गेमोडमा दुर्घटनामा परेको छ । दुर्घटनामा चालकसहित १२ घाइते भएका छन् । तीव्र गतिमा रहेको बा २ ख ४५६७ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडक छेउमा पल्टिएको प्रत्यक्षदर्शीले बताएका छन् । घाइते हुनेमा तीन महिला र नौ पुरुष छन् ।

छ जना गम्भीर घाइते छन् । गम्भीर घाइतेमध्ये तीन जनालाई काठमाडौँ पठाइएको र गम्भीर घाइते थप तीन जनालाई गजुरी सामुदायिक अस्पतालमा सामान्य उपचारपछि काठमाडौँ लाने तयारी भइरहेको प्रहरी कार्यालय गजुरीका प्रमुख एवं प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

उनका अनुसार सामान्य घाइतेको गजुरीका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । माइक्रोबसमा दुई जना बच्चासहित १६ जना सवार थिए । बच्चाको अवस्था भने सामान्य रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप