आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्कुटर चोरेको आरोपमा युवक पक्राउ

बुधबार, २४ साउन २०८०, ०६ : ४२
बुधबार, २४ साउन २०८०

काठमाडौं । स्कुटर चोरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३० पुतलीसडक घर भएका ३० वर्षीय आजाद रायमाझी उर्फ सफल छन् ।

आजादले असार २२ मा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमाबाट बा.८६ प ३०२२ नम्बरको डिओ स्कुटर चोरेको अनुसन्धानका थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनले सफलजंग रायमाझी नामको फेसवुक पेजबाट सो स्कुटर बिक्रीमा राखेका थिए ।

बुढानिलकण्ठ बस्ने सनिषा योन्जनले ८३ हजारमा स्कुटर खरिद गरेपछि नामसारी गर्न यातायात कार्यालयमा बेलाउँदा रायमाझी फरार भएका थिए । उनले स्कुटरको नम्बर, रङ र ब्लुबुक समेत बदलेर बिक्रीमा राखेको अनुसन्धानबाट थाहा भएको छ ।

आरोपीलाई कारवाहीका लागी जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप