सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ महिला विश्वकपको क्वार्टरफाइनलको समीकरण

बुधबार, २४ साउन २०८०, १२ : ०५
बुधबार, २४ साउन २०८०

काठमाडौँ । फिफा महिला विश्वकप २०२३ अन्तिम चरणमा प्रवेश गरेको छ । अस्ट्रेलिया र न्युजिल्याण्डमा जारी प्रतियोगिताको क्वार्टरफाइनल खेलहरू शुक्रबारदेखि सुरु हुनेछन् ।

अन्तिम आठमा आयोजक अस्ट्रेलियासँगै स्पेन, जापान, नेदरल्याण्ड, स्वीडेन, फ्रान्स, इंग्ल्याण्ड र कोलम्बिया पुगेका छन् । प्रतियोगिताबाट चारपटकको विजेता अमेरिका, दुईपटकको विजेता जर्मनी र एकपटकको विजेता नर्वे बाहिरिइसकेको छ । पूर्वविजेता टोलीमा जापानमात्र प्रतियोगितामा बाँकी रहेको छ ।

अन्तिम १६ का खेलहरूमा स्पेनले स्वीटजरल्याण्डलाई ५–१ ले पाखा लगाएको थियो भने दुई पूर्वविजेताको भिडन्तमा जापानले नर्वेलाई ३–१ ले हराएको थियो । त्यस्तै, नेदरल्याण्डले दक्षिण अफ्रिका र स्वीडेनले साबिक विजेता अमेरिकालाई पेनाल्टीमा पराजित गरेको थियो । 

इंग्ल्याण्ड भने नाइजेरियामाथि संघर्षपूर्ण जीत हासिल गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । यसैगरी अस्ट्रेलियाले डेनर्माकलाई, कोलम्बियाले जमैकालाई तथा फ्रान्सले मोरक्कोलाई हराएको थियो ।

यस्ता छन् क्वार्टरफाइनलका खेलहरू
शुक्रबार हुने खेलहरू :
१. स्पेनविरुद्ध नेदरल्याण्ड
२. जापानविरुद्ध स्वीडेन
शनिबार हुने खेलहरू :
१. अस्ट्रेलियाविरुद्ध फ्रान्स
२. इंग्ल्याण्डविरुद्ध कोलम्बिया
क्वार्टरफाइनलपछि मंगलबार र बुधबार सेमिफाइनल खेलहरू हुनेछन् । शनिबार तेस्रो स्थानका लागि टोलीहरू भिड्नेछन् भने आइतबार सिड्नीस्थित स्टेडियम अस्ट्रेलियामा फाइनल खेल खेलाइनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप