सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नाइजेरियाकी खेलाडीलाई कुल्चेकोमा जेम्सले मागिन् माफी

बुधबार, २४ साउन २०८०, १२ : ४८
बुधबार, २४ साउन २०८०

सिड्नी । इंग्ल्याण्डकी फरवार्ड लरेन जेम्सले विश्वकपको अन्तिम १६ मा नाइजेरियाविरुद्ध जीत हासिल गर्ने क्रममा पाएको रातो कार्डका लागि माफी मागेकी छिन् ।

नाइजेरियाकी मिसेल अलोजीको ढाडमा कुल्चिएपछि भिडियो एसिस्टेन्ट रेफ्रीको मद्दतले जेम्सलाई रातो कार्ड देखाइएको थियो । रातो कार्ड पाएपछि जेम्सले शनिबार कोलम्बियाविरुद्धको क्वार्टरफाइनल खेल गुमाउनेछिन् ।

‘जे भयो त्यसको लागि म माफी माग्न चाहन्छु,’ अलोजीलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘मेरो यो अनुभवबाट पाठ सिक्नेछु ।’ २१ वर्षीय खेलाडी समूह चरणको खेलमा इंग्ल्याण्डका लागि स्टार खेलाडीमध्ये एक थिइन् । उनले ३ गोल गर्नुका साथै ३ वटा गोलको अवसर सिर्जना गरेकी थिइन् ।

यस विषयमा इंग्ल्याण्डले पनि एक वक्तव्य जारी गर्दै जेम्स आफ्नो हरकतका लागि शर्मिन्दा भएको बताएको छ । यता फिफाले जेम्सले गरेको कार्यका लागि थप खेलहरूमा प्रतिबन्ध लगाउने कि लगाउनेबारे निर्णय गर्ने तयारी गरेको छ । यदि सो कारबाही लागू भयो भने इंग्ल्याण्ड अर्को चरणमा प्रवेश गरे पनि जेम्सका लागि विश्वकप यहीँ नै अन्त्य हुनेछ । –बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप