नुवाकोटको दर्शनटारमा एक महिलाको शव फेला
बुधबार, २४ साउन २०८०, २२ : ०३
नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका–४ स्थित दर्शनटारमा एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार धादिङको नीलकण्ठ नगरपालिका-१४ की अन्दाजी ४२ वर्षीया सरस्वती रिमालको शव फेला परेको हो ।
बुधबार पौने पाँच बजेतिर स्थानीयले महिलाको शव देखेपछि प्रहरीलाई जानकारी दिएका थिए ।
खोजतलासको क्रममा ती महिलाको पहिचान खुलेको र उनी बुधबार बिहान घरबाट एक्लै उपचारका लागि भनेर त्रिशूली अस्पताल आएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवं डिएसपी खगेन्द्रबहादुर खड्काले बताए ।