आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
समाचार

कांग्रेस सांसद सुनील शर्मा पक्राउ

बिहीबार, २५ साउन २०८०, १६ : १४
बिहीबार, २५ साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा  नेता सुनील शर्मा पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले राजधानीको टोखा क्षेत्रबाट पक्राउ गरेको हो । 

शर्माको कक्षा १२ को शैक्षिक प्रमाणपत्र नक्कली रहेको पाइएकाले पक्राउ गरिएको प्रहरी उच्च स्रोतले बतायो  । शर्मा गत मंसिरमा सम्पन्न निर्वाचनमा मोरङ ३ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । 

शर्मा काठमाडौँ मेडिकल कलेज र विराटनगरस्थित नोबल मेडिकल कलेजका सञ्चालक हुन् ।

प्रतिनिधिसभामा उनले केही दिनअघि एक सय किलो सुन प्रकरण छानबिन गर्न माग गर्दै कडा भाषण गरेका थिए ।

सो क्रममा उनले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा समेत मागेका थिए । सोही अभिव्यक्ति उनले संसदीय समितिमा पनि दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप