सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अन्तर विद्यालय फुटबलको क्वार्टरफाइनल समीकरण पूरा

बिहीबार, २५ साउन २०८०, १७ : ४१
बिहीबार, २५ साउन २०८०

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका—१० स्थित कपनमा सञ्चालन भइरहेको ‘एनएमबी-कपअन अन्तर विद्यालय यू—१४ फुटबल प्रतियोगिता’ को क्वार्टरफाइनल समीकरण बिहीबार पूरा भएको छ । प्रतियोगिताको दोस्रो दिन बिहीबार सम्पन्न लिग चरणको खेलमा सफलता हात पार्दै विभिन्न विद्यालय क्वार्टरफाइनलमा पुगेका छन् । 

जोसेफ हाइस्कुल, लिभिङ वर्ड, माउन्ट ग्लोरी, मनकामना, ब्रम्हकुञ्ज र वेदव्यास स्कुल क्वार्टरफाइनल प्रवेश गरेका हुन् । पहिलो दिन यसअघि प्रतियोगिताको पहिलो दिन चेल्सी, रिब्सको ‘ए’ टोली र रोडोडेन्ड्रन इन्टरनेसनल बोर्डिङ स्कुल क्वार्टरफाइनलमा पुगेका थिए ।

जोसेफले बालविकासलाई ४–३, जुगललाई ३–० र काष्ठमण्डपलाई २–० गोलले पराजित गर्दै समूह ‘ए’ को विजेता बन्यो । समूह ‘बी’ को शीर्षस्थानमा रहेको लिभिङ वर्डले लिम्पियालाई २–० र इम्पेरियललाई ३–० गोलले परािजत गर्‍यो भने साम्तेन स्कुलबाट ‘बाई’ पाएको थियो । 

यसैगरी समूह ‘ई’ को शीर्ष स्थानमा रहेको माउन्ट ग्लोरीले एकलव्यलाई ५–० र हाइली क्रिएटिभलाई २–० गोलले पराजित गर्‍यो भने लर्डस लाइटबाट बाई पायो । समूह ‘एफ’ मा मनकामनाले बोधीसदनलाई २—० र न्याम्सलाई ६–१ गोलले हरायो भने टाइमलाइन स्कुलबाट बाई पायो । 

ब्रम्हकुञ्जले बृहस्पति विद्यासदनलाई २–१, बालबाटिकालाई ३-० र नेपालयलाई ३–० गोलले पन्छाउँदै समूह ‘जी’ मा पहिलो स्थान हासिल गर्‍यो । तीन टोली रहेको समूह ‘एच’ मा नेभरउड स्कुलमाथि बढी उमेरको खेलाडी खेलाएको उजुरी प्रमाणित भएपछि अयोग्य ठहर्दै प्रतियोगिताबाटै बाहिरियो भने त्यसपछि भएको प्रतिस्पर्धामा वेदव्यासले रिलयान्सविरुद्ध पेनाल्टी सुटआउटमा ३२ को जित रच्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप