आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुनील पक्राउपछि सीआईबीले संसद् सचिवालयलाई लेखेको पत्रमा के छ ?

बिहीबार, २५ साउन २०८०, १९ : १३
बिहीबार, २५ साउन २०८०

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले संसद् सचिवालयलाई सांसद सुनील शर्मा पक्राउसम्बन्धी जानकारी गराएको छ । 

सीआईबीका प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले शर्मालाई पक्राउ गरिएकोबारे जानकारी समेटिएको पत्र  संसद् सचिवालयलाई जानकारी गराएकी हुन् ।  

सांसद पक्राउ गर्दा संसद् सचिवालयलाई जानकारी दिनुपर्ने व्यवस्थाअनुसार सीआईबीले सभामुख देवराज घिमिरेलाई पत्र लेखेर सोबारे जानकारी हो ।   

सीआईबीले संसद् सचिवालयलाई लेखेको पत्रका भनिएको छ,'उपरोक्त सम्बन्धमा कतिपय चिकित्सकहरुले भारतीय नक्कली प्रमाण पत्रहरु पेश गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको तथा काउन्सिलद्वारा संचालन गर्ने दर्ता प्रमाण पत्र परीक्षामा सहभागी भएको पाइएकोले कानून बमोजिम गरी पाउँ भन्ने समेत व्यहोराको नेपाल मेडिकल काउन्सिल, बाँसबारीबाट सूचना प्राप्त भएको र यसै गरी शैक्षिक प्रमाणपत्र प्रमाण सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्ड, सानो ठिमी, भक्तपुरको च नं १ मिति २०७९/०४/०५ गतेको पत्रबाट १९९६ सालमा Roll Code 6504, Roll No. 10117, तहको सुनिल कुमार शर्माको कैफियतमा अपुष्टित (Not Verified)  भनी लेखी आएको र सो सन्दर्भमा उक्त शैक्षिक योग्यताको प्रमाण पत्र कीर्ते गरेको कसूरमा प्रचलित कानून बमोजिम अनुसन्धान गर्नु पर्ने भएकोले उक्त कसूरमा संलग्न जिल्ला मोरङ, क्षेत्र नं ३ का नेपाली कांग्रेसका तर्फबाट प्रत्यक्ष तर्फको निर्वाचित सांसद सुनिल कुमार शर्मा पक्राउ परेका, फौजदारी कसूरको अनुसन्धानको क्रममा पक्राउ परेका निज सुनिल कुमार शर्मा जिल्ला मोरङ, क्षेत्र नं ३ का नेपाली काँग्रेसका तर्फबाट २०७९ सालको प्रत्यक्ष तर्फ प्रतिनिधि सभामा निर्वाचित सांसद रहेकोले नेपालको संविधान (२०७२) को धारा १०३ को उपधारा ६ बमोजिम प्रतिनिधि सभाको सदस्य निज सुनिल कुमार शर्मा पक्राउ परेको यसै पत्रद्वारा सम्माननीय सभामुख समक्ष सूचना एवं जानकारी गराइएको ब्यहोरा सादर अनुरोध गरिएको छ ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप