आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगारीमा विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

बिहीबार, २५ साउन २०८०, २१ : ०३
बिहीबार, २५ साउन २०८०

काठमाडौँ । वैदेशिक रोजगारीमा विदेश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने तीन जनालाईलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा घर भएकी ५० वर्षीय एक माया पुलामी मगर सुनसरी घर भएका ४० वर्षीय सन्दीप कुमार चौधरी र धादिङ घर भएका ४५ वर्षीय शालिकराम अर्याल रहेका छन् ।

वैदेशिक रोजगार विभागको पत्राचारका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई काठमाडौँका विभिन्न स्थानहरूबाट पक्राउ गरेको हो । प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार एक माया पुलामी मगरले समीर जङ्ग गुरुङलाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाइदिन्छु, पोर्चुगल पुगेपछि कृषि कम्पनीमा काम लगाइदिन्छु भन्दै २ लाख ५६ हजार रुपैयाँ लिएर सम्पर्कविहीन बनेकी थिइन् । मगरलाई बुधबार नयाँ बसपार्कबाट पक्राउ गरिएको थियो ।

त्यस्तै सन्दीप कुमार चौधरीले रूपक बुढाथोकीलाई वैदेशिक रोजगारीको लागि फ्रान्स पठाइदिन्छु भन्दै दुई लाख पचपन्न हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन बनेका थिए । उनलाई बिहीबार नयाँ बानेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उता सालिकराम अर्यालले सरोज गिरीलाई वैदेशिक रोजगारीको लागि क्रोएसिया पठाइदिन्छु भन्दै पचास हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन बनेकोमा टोखाबाट पक्राउ गरिएको थियो । तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको रेग्मीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप