आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यूकेबाट गिफ्ट पठाएको छु भन्दै ठगी गर्ने महिला पक्राउ

बिहीबार, २५ साउन २०८०, २१ : ०६
बिहीबार, २५ साउन २०८०

काठमाडौँ । आफूलाई यूकेको नागरिक बताएर उपहार पठाएको छु भन्दै ठगी गर्ने एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका बस्ने ५५ वर्षीय कमलादेवी श्रेष्ठ रहेकी छन् ।

श्रेष्ठले सामाजिक सञ्जालमार्फत साथी बनाई कुराकानी गरी आफूलाई यूकेको नागरिक बताई सुनको गरगहना, डलर, आइफोन, जुत्ता, लेडिज ब्याग, लत्ता कपडाहरू समेतको गिफ्टहरू पार्सल पठाएको भन्ने गर्थिन् । त्यसपछि विभिन्न प्रलोभन देखाई कस्टम चार्ज बापतको रकम पठाउनुपर्छ भन्ने गर्थिन् । यसरी उनले ९१ हजार रुपैयाँ ठगी गरेको प्रहरीको भनाई छ । 

श्रेष्ठलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गत साउन २३ गते पक्राउ गरेको थियो । उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप