आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अपराध

सुन तस्करी प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ

शुक्रबार, २६ साउन २०८०, ०९ : २७
शुक्रबार, २६ साउन २०८०

काठमाडौं । करिब सय किलो सुन तस्करी प्रकरणमा थप दुई  जना पक्राउ परेका छन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले चिनियाँ नागरिकद्वय ली जियालिन र लिउ फुयानलाई विमानस्थलबाट पक्राउ गरेको हो ।

चीनतर्फ प्रस्थान गर्न लागेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको अध्यागमन स्रोतले जनाएको छ । उनीहरुलाई थप अनुसन्धानका लागि अध्यागमन कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को जिम्मा लगाएको छ ।

योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १९ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप