सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रतिद्वन्द्वीको ढाडमा कुल्चने खेलाडीमाथि दुई खेलको प्रतिबन्ध

शुक्रबार, २६ साउन २०८०, ०९ : ३२
शुक्रबार, २६ साउन २०८०

काठमाडौँ । महिला विश्वकप फुटबलको प्रिक्वार्टरफाइनल खेलका क्रममा गरेको गल्तिका कारण इङ्ल्यान्डकी लाउरेन जेम्सले क्वार्टरफाइनल खेल खेल्न नपाउने भएकी छन् । इङ्गल्यान्ड र कोलम्बियाबीच शनिबार हुने क्वार्टरफाइनल खेलमा स्ट्राइकर जेम्स अनुपस्थित रहने छिन् । 

२१ वर्षीया जेम्समाथि विश्व फुटबल महासंघ (फिफा) ले दुई खेलको प्रतिबन्ध लगाएको छ । महिला विश्वकपको प्रिक्वार्टरफाइनलका क्रममा जेम्सले नाइजेरियाकी खेलाडी मिचेल एलोजीको ढाडमा नराम्ररी कुल्चिएकी थिइन् ।

उक्त घटनापछि रेफ्रीले तत्कालै जेम्सलाई रातो कार्ड देखाएका थिए । खेल सकिएपछि जेम्सले उक्त घटनाका लागि नाइजेरियाकी खेलाडी एलोजीसँग माफी पनि मागेकी थिइन् । सो खेलमा नाइजेरियालाई पेनाल्टी सुटआउटमा ४—२ गोलले हराउँदै इङ्गल्यान्ड क्वार्टरफाइनलमा पुगेको थियो ।  

इङ्गल्यान्ड सेमिफाइनलमा पुगेमा जेम्सले त्यो खेल पनि खेल्न पाउने छैनन् । जारी महिला विश्वकपमा इङ्ल्यान्डका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन्, जेम्स । उनले प्रतियोगितामा हालसम्म तीन गोल गरिसकेकी छन् । उनले तीन गोलका लागि पास पनि उपलब्ध गराएकी छन् ।

जेम्स इङ्लिस क्लब चेल्सीबाट व्यवसायीक फुटबल खेल्छिन् । उनले सामाजिक सञ्जालमार्फत नाइजेरियन खेलाडी एलोजीसँग माफी माग्दै भनेकी छन्, ‘म उक्त घटनाका लागि क्षमा माग्न चाहन्छु । वास्तवमा त्यो घटना जानेर भएको थिएन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप