सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेदरल्यान्ड्सलाई जिल्ल्याउँदै स्पेन सेमिफाइनलमा

शुक्रबार, २६ साउन २०८०, ०९ : ४७
शुक्रबार, २६ साउन २०८०

काठमाडौँ । स्पेन नवौँ महिला विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । प्रतिस्पर्धात्मक क्वार्टरफाइनल खेलमा शुक्रबार बलियो नेदरल्यान्ड्सलाई २—१ गोलले हराउँदै स्पेन सेमिफाइनलमा पुगेको हो । 

निर्धारित समय १—१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो । अतिरिक्त समयमा स्पेनले निर्णायक गोल गरेको थियो । निर्धारित समयको ८१औँ मिनेटमा स्पेनका लागि मारियोना कलडेन्टीले पेनाल्टीमार्फत पहिलो गोल गरेकी थिइन् । 

दोस्रो हाफको इन्जुरी समयमा नेदरल्यान्ड्सकी स्टेफनी भान डेर ग्राटले जवाफी गोल गर्दै खेललाई बराबरीमा ल्याएकी थिइन् । त्यसपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा स्पेनका लागि सलमा सेलेस्टी आइनगोनोले निर्णायक गोल गरेकी थिइन् । 

स्पेन नवौँ महिला विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो राष्ट्र हो । अर्को क्वार्टरफाइनल खेल शुक्रबार नै एसियाली राष्ट्र जापान र स्विडेनबीच हुनेछ । शनिबार अस्ट्रेलिया र फ्रान्स तथा इङ्गल्यान्ड र कोलम्बियाबीच क्वार्टरफाइनल खेल हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप