आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
नक्कली प्रमाणपत्र प्रकरण

सरकारी वकिलको कार्यालयमा धकेलाधकेल, हातपात भएको सुनील शर्माको आरोप

शुक्रबार, २६ साउन २०८०, १५ : ४१
शुक्रबार, २६ साउन २०८०

काठमाडौँ । सांसद सुनील शर्मालाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय काठमाडौँमा लैजाने क्रममा तनाव भएको छ । कांग्रेस नेता समेत सुनील शर्माका समर्थक र प्रहरीबीच धकेलाधकेलका साथै तनावको स्थिति बनेको हो ।  

यस्तै समर्थकहरुले सुनीलमाथि दुर्व्यवहार भएको भन्दै नाराबाजी गरेका थिए । यस्तै समर्थकहरुले ‘हात हाल्न पाइँदैन, प्रहरी दमन मुर्दावाद’लगायतका नारा लगाएका थिए । 

शर्माले सरकारी वकिलको कार्यालय बाहिर निस्कने क्रममा समर्थकलाई आफूमाथि दुर्व्यवहार भएको बताए । उनले भने, ‘दुई पटक हात हाल्यो । त्यसपछि समर्थकले ‘डाक्टर सा’बलाई हात हाल्ने को हो त्यो’ भन्दै नाराबाजी सुरु गरेका थिए ।' त्यसपछि दुई पक्षबीच धकेलाधकेल हुँदा तनावको स्थिति बनेको हो । 

बिहीबार शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले शर्मालाई राजधानीको गोल्फुटारबाट पक्राउ गरेको थियो । पक्राउ पछि सीआईबीको हिरासतमा रात बिताएका उनलाई शुक्रबार दिउँसो भने म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको थियो । 

शैक्षिक प्रमाणपत्र किर्ते गरेर डाक्टर बनेको आरोपमा सीआईबीले हालसम्म ८ जनालाई पक्राउ गरिसकेको छ।

 तस्बिरहरु हेर्नुहोस्:

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप