मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

संखुवासभा घटना : कारागारमा खटिएका १० जना प्रहरीमाथि छानबिन

शुक्रबार, २६ साउन २०८०, १६ : ४२
शुक्रबार, २६ साउन २०८०

काठमाडौँ । संखुवासभा कारागारमा दुईजना कैदीबन्दीको हत्या भएको घटनामा प्रहरी अधिकारीहरुकामाथि पनि छानबिन थालिएको छ । साउन २४ मा कारागारमा झगडा हुँदा आकाश बलामी र बिनोद तोलाङ्गेको मृत्यु भएको थियो ।

कुटपिटमा संलग्न आरोपमा कारागारमा खटिएका असई सहित १० जना प्रहरीमाथि छानबिन थालिएको कोशी प्रदेशका डीआईजी राजेशनाथ बस्तोलाले रातोपाटीलाई बताए । कुटपिटमा संलग्न ९ जना कैदीबन्दी यसअघि नै पक्राउ परेका थिए ।

कारागारको सुरक्षामा खटिएका ७ जना जवानसहित १० जना प्रहरीलाई अहिले जिल्ला प्रहरी कार्यालय संखुवासभाको आन्तरिक थुनामा राखिएको छ । उनीहरु हत्यामा समेत संलग्न देखिएको अनुसन्धानमा संलग्न एकजना अधिृकतले रातोपाटीलाई बताए । घटना छानबिन गर्न कोशी प्रदेश प्रहरी कार्यालयका एसपी ऋषिराम कँडेल संखुवासभामा गएका छन् ।

बाथरुमको रड काटेर जेलबाट भाग्न लागेको देखेपछि आकाश बलामी र बिनोद तोलाङ्गेलाई ड्युटीमा खटिएका प्रहरीले कुटेका थिए । त्यसपछि अन्य कैदीहरुले ‘जेल तोडेर किन भाग्न खोजेको ?’ भनेर विवाद गर्दा दुई पक्षको बीचमा कुटाकुट भएको थियो । कुटपिटबाट घाइते भएका बलामी र तोलाङ्गेलाई उपचार गर्न लैजाँदा मृत्यु भयो ।

हत्यामा संलग्न आरोपमा नाइके रामबहादुर कार्की भन्ने राम कार्कीसहित ९ जनाविरुद्ध प्रहरीले ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप