सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने आधिकार कसैलाई छैन : मेयर जोशी

शुक्रबार, २६ साउन २०८०, २० : ०३
शुक्रबार, २६ साउन २०८०

काठमाडौँ  ।  डडेल्धुराकाे परशुराम नगरपालिकाका मेयर भरत जोशीले एसईईकाे ग्रेडबृद्धि (पूरक) परीक्षा केन्द्र सदरमुकाममा ताेकिएकाेप्रति आपत्ति जनाएका छन् ।

डडेल्धुराकै भित्री मधेस क्षेत्रका विद्यार्थीहरुको पूरक परीक्षा परशुराममै गर्ने नगरपालिका विपरीत सदरमुकाममा केन्द्र तोकिनु दुःखद भएको जोशीले बताए ।

"वर्षातको समयमा विद्यार्थीलाई किन दुःख दिइयो? किन मानसिक तनावमा राखियो?, उनको प्रश्न छ, "ग्रामीण क्षेत्रका कमजोर आर्थिक अवस्था भएका विद्यार्थीका बारेमा किन सोचिएन ? सहजतापूर्वक परीक्षा दिने वातावरण नबनाई किन असहज परिस्थितिको सिर्जना गरियो ?"

शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुरा र राष्ट्रिय परीक्षा बोर्डसँग आग्रह कार्यान्वयन नभएको उनको गुनासो छ ।

'स्थानीय तहमा गर्नुपर्ने सबै प्रकारको सहयोग तथा सहजीकरण नगरपालिकाले गर्छ भनेका थियौँ । भित्री मधेसको जटिल भूगोलका बारेमा समेत जानकारी गराइएको थियो', मेयर जोशीले भने, 'तर नगरपालिकाको आग्रहलाई बेवास्ता गरियो किन ? राष्ट्रिय परीक्षा बोर्डले किन गैर जिम्मेवारीपन देखायो?' 

सहज, सरल तथा सुरक्षित वातावरणमा परीक्षा दिने व्यवस्था बोर्डले किन नगरेको भन्दै उनले प्रश्न गरे । 

"नियमित परीक्षा परशुराममा सहजताका साथ भएको थियो भने पूरक परीक्षा किन हुन सक्दैन ? विद्यार्थीको भविष्य माथि खेलबाड गर्ने आधिकार कसैलाई छैन," उनले भने ।

 

राज्यका कुनै पनि निकायलाई गैर जिम्मेवार र उत्तरदायित्वबाट विमुख हुने छुट नभएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप