घरको जग खन्ने क्रममा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय
शुक्रबार, २६ साउन २०८०, २१ : ३८
तनहुँ । नेपाली सेनाले तनहुँमा फेला परेको शंकास्पद वस्तु निस्क्रिय बनाएको छ । शुक्रबार तनहुँको भिमाद नगरपालिका, वडा नम्बर ६ स्थित एकता टोलमा स्थानीयवासीको घरको जग खन्ने क्रममा फेला परेको शंकास्पद वस्तु निष्क्रिय बनाएको हो ।
ग्रिनेट जस्तो देखिने शंकास्पद वस्तु नेपाली सेनाको बम डिष्पोजल टोलीले निस्क्रिय पारेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।