आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सुन तस्करी प्रकरण

सुन तस्करीमा संलग्नताको आशंकामा पक्राउ परेका दुई चिनियाँ नागरिक रिहा

शनिबार, २७ साउन २०८०, १२ : ५८
शनिबार, २७ साउन २०८०

काठमाडौँ । सुन तस्करी प्रकरणमा संलग्नताको आशंका गरी पक्राउ गरिएका दुई चिनियाँ नागरिक रिहा भएका छन् । चिनियाँ नागरिकहरू ली जियालिङ र लिउ फुयान शुक्रबार नै रिहा भएको प्रहरी प्रवक्ता कुबेर कडायतले बताए ।

शुक्रबार बिहान अध्यागमन विभागले उनीहरूलाई चीन जान लागेको बेला विमानस्थलबाट शुक्रबार बिहान पक्राउ गरेको थियो । राजश्व अनुसन्धान विभागको अनुरोधमा अध्यागमनले उनीहरूलाई कालोसूचीमा राखेको थियो ।

अध्यागमनले पक्राउ गरी सीआईबीलाई बुझाएका उनीहरूको सुन तस्करीमा संलग्नता नपाइएपछि रिहा गरिएको केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी कुबेर कडायतले जानकारी दिए । 

यसअघि भेपमा लुकाएर ल्याएको भनिएको १० किलो सुन तस्करीमा ली र लुई नाम गरेका चिनियाँ नागरिकको संलग्नताको आशंका गरिएको थियो । एक सय किलो सुन तस्करीमा पनि उनीहरूको संलग्नता रहेको हुनसक्ने आशंका गरी राजश्व अनुसन्धान विभागले ती नामहरूलाई राडारमा राखेको थियो । मिल्दोजुल्दो नाम आएपछि अध्यागमन विभागले उनीहरूलाई नियन्त्रणमा लिएको थियो । 

तर नियन्त्रणमा लिइएका व्यक्तिहरू सुन तस्करीमा संलग्न भनिएका ली वा लुई रहेको नपाइएपछि उनीहरूलाई शुक्रबार नै रिहा गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप