आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रज्ञामा ‘मातृभाषा साहित्य शृंखला’को सुरुवात

शनिबार, २७ साउन २०८०, १३ : ५०
शनिबार, २७ साउन २०८०

काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानको साहित्य (मातृभाषा) विभागले मातृभाषा साहित्यको मासिक शृंखला साउनबाट सुरु गरेको छ । पहिलो शृंखलाअन्तर्गत शुक्रबार डा.सोमबहादर धिमालले ‘धिमाल भाषाको साहित्य र युवाको भूमिका’ शीर्षकको कार्यपत्र प्रस्तुत गरे ।

सो अवसरमा डा. धिमालले धिमाल भाषा, साहित्यको वर्तमान अवस्थाको विविध पाटोबारे प्रकाश पारेका थिए । बिहेलगायत अवसरमा गाइने गीत हराउँदै गएको उनको भनाइ थियो । पहिले आर्थिक अवस्था कमजोर हुनेले बिहेभोज पछि ख्वाए पनि हुन्थ्यो । त्यसैले, आफूले आफ्नै बाबुको बिहेभोज खाएको रोचक प्रसंग उनले सुनाए । 

मातृभाषा विभाग प्रमुख प्राज्ञ राजन मुकारुङले श्रृङ्खलाले मातृभाषीहरुले अपनत्व महसुस गर्न पाउने  विश्वास व्यक्त गरे । उनले भने, ‘वर्षमा मात्र एक दिन मनाइने मातृभाषा दिवसको न्यास्रो यसले मेट्ने छ ।’

कुलपति भूपाल राईले प्रज्ञाको ६८ वर्षको इतिहासमा पहिलो पटक ‘मातृभाषा साहित्य शृंखला’को सुरुवात गरेकोमा मातृभाषा विभागको सराहना गरे ।

कार्यक्रममा अञ्जु राजवंशी, विनिता ताजपुरिया तथा देवकुमार चौधरीले आआफ्नो भाषामा कविता वाचन गरेका थिए । विभागका अनुसार अब भदौ महिनाको अन्तिम शुक्रबार कोँइच सुनुवार विशेष श्रृङ्खला (सिर्जना, संवाद र विमर्श) हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप