सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बायर्नद्वारा केन अनुबन्ध

शनिबार, २७ साउन २०८०, १६ : ३३
शनिबार, २७ साउन २०८०

म्युनिख । इंग्ल्याण्डको राष्ट्रिय फुटबल टोलीका कप्तान ह्यारी केन चार वर्षको सम्झौतामा जर्मन च्याम्प्यिन बायर्न म्युनिखसँग अनुबन्ध भएका छन् । योसँगै टोटनह्याम हटस्पर्ससँगको उनको कीर्तिमानी करियरमा पूर्णविराम लागेको छ ।

बीबीसीका अनुसार केनका लागि बायर्नले १० करोड युरोमा थप एडअनसहितको रकम खर्चेको छ । उनले शनिबार आरबी लेइपजीविरुद्धको जर्मन सुपर कपमा बायर्नका लागि डेब्यु गर्न सक्ने अनुमान गरिएको छ ।

३० वर्षीय केन स्पर्सका सर्वाधिक गोलकर्ता थिए । उनले क्लबका लागि ४३५ खेलमा २८० गोल गरेका थिए । आफ्नो समाजिक सञ्जालमा लेख्दै केनले स्पर्स छाड्ने समय आएको बताएका छन् ।

यसअघि उनी म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र रियल मड्रिड जाने चर्चा पनि चलेको थियो । बायर्नले केनका लागि थुप्रै प्रस्तावहरु पठाए पनि स्पर्सले त्यसलाई अस्वीकार गरेको थियो । तर, बिहीबार भने दुवै क्लब नयाँ सम्झौतामा सहमत भएका थिए । सम्झौतालाई अन्तिम रुप दिन केन शुक्रबार म्युनिख पुगेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप