सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

फ्रान्सलाई हराउँदै आयोजक अस्ट्रेलिया अन्तिम चारमा

शनिबार, २७ साउन २०८०, १६ : ३६
शनिबार, २७ साउन २०८०

सिड्नी । महिला विश्वकप २०२३ को सह–आयोजक अस्टेलिया फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । अस्टेलिया विश्वकपको सेमिफाइनलमा पुगेको यो पहिलो अवसर हो ।

१२० मिनेटसम्म पनि स्कोर गोलविहीन बनेपछि खेल पेनाल्टीमा पुगेको थियो । रोमाञ्चक बनेको पेनाल्टीमा अस्टेलिया अन्ततः ७–६ गोलअन्तरले विजयी बनेको थियो ।

फ्रान्सका लागि विकी बेचोको प्रहार पोस्टमा लागेपछि कोर्टनी भाइनले गोल गर्दै अस्ट्रेलियालाई ऐतिहासिक जीत दिलाएकी थिइन् । अस्ट्रेलियाकी गोलकिपर म्याकेन्जी अर्नोल्डले पेनाल्टी सुटआउटमा चारवटा प्रहार बचाउ गरेकी थिइन् ।

अब अस्ट्रेलियाले इंग्लयाण्ड र कोलम्बियाबीचको विजेतासँग सेमिफाइनलमा भिड्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप