आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्रोत नखुलेको ८ लाख नगदसहित एक जना पक्राउ

शनिबार, २७ साउन २०८०, १६ : ५६
शनिबार, २७ साउन २०८०

सिरहा । सिरहामा स्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँसहित एकजना पक्राउ परेका छन् । सिरहा नगरपालिका-१७ माडर टोलबाट स्रोत नखुलेको ८ लाख २ हजार नेपाली रूपैयाँ र ४६ हजार १ सय भारतीय रूपैयाँसहित सोही ठाउँ बस्ने ४८ वर्षीय सञ्जीव कुमार साहलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

प्रहरी चौकी खिरौनाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.१२ प १६३७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक साहलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको प्रहरीको भनाई छ । उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप