सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बार्साबाट पीएसजी पुगे डेम्बेले

शनिबार, २७ साउन २०८०, १८ : १५
शनिबार, २७ साउन २०८०

पेरिस। पेरिस सेन्ट जर्मेनले फ्रान्सका फरवार्ड ओसमान डेम्बेलेलाई बार्सिलोनाबाट ४.३५ करोड युरोमा अनुबन्ध गरेको छ ।

२६ वर्षीय डेम्बेले सन् २०१७ मा १३.५ करोड पाउन्डमा बोरुसिया डर्टमण्डबाट बार्सिलोना पुगेका थिए । बार्सामा रहँदा उनले १८५ खेलमा ४० गोल गर्दै ३ वटा ला लिगा उपाधि जितेका थिए ।

२०१८ को विश्वकप विजेता खेलाडीले पीएसजीसँग ५ वर्षको करार गरेका छन् । ‘पेरिस सेट जर्मेनसँग आबद्ध हुन पाउँदा म धेरै खुुसी छु, नयाँ जर्सीमा खेल्नका लागि म उत्साहित छु,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप