सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कोलम्बियालाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा

शनिबार, २७ साउन २०८०, १८ : ३०
शनिबार, २७ साउन २०८०

सिड्नी । कोलम्बियालाई सङ्घर्षपूर्ण खेलमा हराउँदै इंग्ल्याण्ड महिला विश्वकपको सेमिफाइनलमा पुगेको छ । शनिबार भएको खेलमा इंग्ल्याण्ड २–१ गोलले विजयी बनेको हो ।

युरोपियन च्याम्पियन टोली खेलको ४४ औँ मिनेटमा पछि परेको थियो । कोलम्बियाकी लेइसी सान्तोसले गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन् । तर, लगत्तै लरेन हेम्पले बराबरी गोल फर्काइन् । 

दोस्रो हाफमा आर्सनलकी स्ट्राइकर एलेसिया रुसोले गोल गर्दै टोलीलाई जीत दिलाइन् । प्रतियोगितामा रुसोको यो दोस्रो गोल थियो । अब इंग्ल्याण्डले सेमिफाइनलमा आयोजक अस्ट्रेलियाको सामना गर्नेछ । अस्ट्रेलियाले शनिबार नै फ्रान्सलाई हराउँदै पहिलोपटक प्रतियोगिताको सेमिफाइनलमा पुगेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप