सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

डेब्यूमा बायर्न पराजित भएपछि केन फेरि उपाधिविहीन

आइतबार, २८ साउन २०८०, ०९ : ०४
आइतबार, २८ साउन २०८०

म्युनिख । बायर्न म्युनिखका लागि इंग्ल्याण्डका कप्तान ह्यारी केनको डेब्यू सुखद रहेन । जर्मन सुपर कपमा बायर्न आरबी लेइपजीगसँग ३–० गोलले पराजित भएको हो ।

१० करोड युरोमा टोटनह्याम हटस्पर्सबाट बायर्न पुगेको केही घण्टापछि नै स्ट्राइकर ६४ औँ मिनेटमा सब्सटिच्युटका रूपमा मैदान प्रवेश गरेका थिए । तर, खेलमा उनले खासै प्रभाव पार्न सकेनन् ।

उता ड्यानी ओल्मोले ह्याट्रिक गरेपछि ३० वर्षीय केन करियरको पहिलो उपाधि जित्न चुके । ओल्मोले खेलको तेस्रो मिनेटमा नै गोल गर्दै लेइपजिगलाई अग्रता दिलाए । पहिलो हाफको अन्त्यमा उनले अग्रता दोब्बर बनाए भने ६८ औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै स्पेनका फरवार्डले ह्याट्रिक पुरा गरे ।

गत सिजन बायर्नले लेइपजिगलाई ५–३ ले हराउँदै जर्मन सुपर कपको उपाधि जितेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप