सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ला लिगामा रियलको विजयी सुरुवात

आइतबार, २८ साउन २०८०, ०९ : २९
आइतबार, २८ साउन २०८०

मड्रिड । इंग्ल्याण्डका मिडफिल्डर जुड बेलिङह्यामले प्रतिस्पर्धात्मक डेब्यूमा गोल गरेपछि रियल मड्रिडले ला लिगामा विजयी सुरुवात गरेको छ । शनिबार राति भएको खेलमा रियल २–० गोलले विजयी बनेको हो ।

खेलको २८ औँ मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । त्यसपछि २० वर्षीय बेलिङह्यामले ३६ औँ मिनेटमा गोल गर्दै रियलको अग्रता दोब्बर बनाए । २० खेलाडी यो सिजन ८।८५ करोड पाउन्डमा बोरुसिया डर्टमण्डबाट रियल आइपुगेका हुन् ।

योसँगै उनी सन् २००७ मा डेभिड बेकह्यामपछि रियलका लागि गोल गर्ने पहिलो इंग्लिस खेलाडी हुन् । बेकह्यामले सन् २००३ मा रियलका डेब्यू गर्दा गोल गरेका थिए ।

शनिबार नै भएका अन्य खेलमा रियल सोसिडाड र जिरोना तथा ला पालमास र मायोर्काले समान १–१ को बराबरी खेलेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप