आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एनआरएनएको महासचिवमा जोशीले फेरि उम्मेदवारी दिने

आइतबार, २८ साउन २०८०, ११ : १४
आइतबार, २८ साउन २०८०

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालका लागि महासचिव गौरीराज जोशीले फेरि सोही पदमा उम्मेदवारी दिने भएका छन् ।  

सन् २००५ देखि गैरआवासीय नेपालीको अभियानमा जोडिएका जोशी आफूले पद ओगट्न नभई काम गरेर देखाउन चाहेको बताए । उनले आफ्नो व्यक्तिगत स्वार्थभन्दा पनि गैरआवासीय नेपालीको मुद्दामा केन्द्रीत रहन संघका इच्छुक उम्मेदवारहरूलाई अपीलसमेत गरेका छन्।

‘कुरा मात्र होइन काम गरेर प्रमाणित गर्नुपर्छ,’ जोशीले भने, ‘संस्थालाई सबैको साझा र दीगो बनाउनु अहिलेको आवस्यकता हो।’

एनआरएनएको नेतृत्वमा आउने हरकोही व्यक्तिले नेपाल र नेपालीलाई केन्द्रबिन्दू राखेर सकारात्मक काम गर्नुपर्नेमा उनको जोड छ।

चितवनमा जन्मिएका जोशी सन् १९९७ मा अध्ययनका लागि अमेरिका गएका थिए। उनले अमेरिकामै आइटीको अध्ययन पूरा गरे। र, पछिल्लो समय उनी आइटीसँगै रियल स्टेटको कारोबारमा पनि संलग्न छन्।

उनको नेपालमा इन्सुरेन्स, बैंकिङ क्षेत्र, प्रविधि, हाइड्रोलगायत विभिन्न क्षेत्रमा समेत लगानी छ। जोशीले भारतमा पनि आइटी व्यवसाय विस्तार गरेका छन्।

महासचिव पदमै अमेरिकाबाट बुद्धीसागर सुवेदी र बेल्जियमका गंगाधर गौतमले आकांक्षा देखाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप